प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०८२ | काठमाडौं

भारतले नेपालको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज भएको शिष्टाचार भेटमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालको पुनर्निर्माणमा सघाउने बताउनुभएको हो ।

 प्रधानमन्त्री कार्कीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबार पुग्नुभएको थियो । भेटमा उहाँले नेपालको विकास, पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धतासमेत व्यक्त गर्नभयो । 


प्रतिक्रिया