काठमाडौं जोड्ने विभिन्न राजमार्गमा राती सवारी चलाउन रोक

आश्विन १७, २०८२ | काठमाडौं
काठमाडौं जोड्ने विभिन्न राजमार्गमा रात्रीकालिन यातायात आवागमनमा रोक लगाइएको छ । वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट जोगिन प्रशासनले मकवानपुर र काभ्रेमा राति यातायात चलाउन रोक लगाएको हो ।
मकवानपुर प्रशासन कार्यालयले हेटौंडाबाट काठमाडौं आउने सवारी साधनलाई आजदेखि चार दिनसम्म राति आवतजावत गर्न रोक लगाएको जनाएको छ । त्रिभुवन राजपथ हुँदै काठमाडौं आउने, भैसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने तथा कान्ति राजपथसमेतमा यस्तो रोक लगाइएको हो ।
त्रिभुवन राजपथ र भिमफेदी हुँदै काठमाडौँ पस्ने बाटो र कान्ति राजमार्गमा पनि राति गाडी चलाउन रोक लगाइएको छ । भारी वर्षा हुने सम्भावना रहेकाले धनजनको क्षति हुन नदिन राति सवारी साधन आवतजावतमा रोक लगाइएको हो ।
वर्षाका कारण बाढी, पहिरो र सडक अवरुद्ध हुने उच्च सम्भावना भएकाले बीपी राजमार्गमा पनि रात्रीकालीन सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ । असोज १५ गतेदेखि २१ गतेसम्म हरेक दिन बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।