वीपी राजमार्ग बाहेक सबै सडक सुचारु

आश्विन २१, २०८२
काठमाडौं उपत्यका प्रवेश गर्ने नाका मध्ये वीपी राजमार्ग बाहेक सबै सडक सुचारु भएको छ ।
बाढीका कारण क्षतीग्रस्त बनेको विपी राजमार्ग संचालन हुने अझै साता दिन भन्दा बढी लाग्ने जनाइएको छ ।
यसैगरि पूर्व र पश्चिम क्षेत्रबाट उपत्यका जोड्ने नाका नागढुंगा नाकामा सवारी सहज रुपमा संचालन भइरहेको जनाइएको छ ।
धादिङको जवाङखोला र नारायणढ मुग्लिन खण्डको तुइनखोलामा झरेको पहिरो हटाएसंगै यातायात सहज बनेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै, अरनिको राजमार्गमा समेत यातायात सुचारु बनेको छ ।
उता, फर्पिङ नाका समेत सुचारु भएको जनाइएको छ ।
यसैविच, वर्षा पछि थिलथिलो बनेका स्थानमा सुख्खा पहिरो खस्ने जोखिम रहेकाले यात्राका क्रममा पर्याप्त सावधानी अपनाउन प्रहरीले सुझाएको छ ।