अमेरिका प्रवेश गर्ने ट्रकमा २५ प्रतिशत कर बृद्धि गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

आश्विन २१, २०८२ | काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्ने सबै मध्यम र ठूला ट्रकमा २५ प्रतिशत ट्यारिफ लाग्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै राष्ट्रपति ट्रम्पले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति ट्रम्पले आफ्नो पोस्टमा कुनै देशको नाम भने उल्लेख गर्नुभएको छैन ।
यद्यपी, उहाँले सो ट्यारिफ अन्य देशबाट अमेरिका आउने ट्रकमा लागू हुने उल्लेख गर्नुभएको छ ।
आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले अमेरिकाको व्यापार नीतिमा निकै परिवर्तन गर्नुभएको छ ।
अप्रिल महिनामै सबै देशमाथि १० प्रतिशत ट्यारिफ लगाएका ट्रम्प प्रशासनले पछि केही देशमा चर्को ट्यारिफ लगाएपछि व्यापार युद्ध समेत चर्केको छ ।