फागुनमा हुने निर्वाचन धाँधलीरहित बनाउनपर्छः कांग्रेस नेता कोइराला

आश्विन २५, २०८२

नेपाली कांग्रेसका नेता डा. शंशाक कोइरालाले सुशिला कार्की नेतृत्वको अन्तरीम सरकारले आगामी फागुनमा हुने तय भएको निर्वाचन धाँधलीरहित वातावरणमा गराउनुपर्ने बताउनुभएको छ । 

पार्टीको जारी पदाधिकारी बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग बोल्दै नेता कोइरालाले निर्वाचन निष्पक्ष हुनुपर्ने बताउनुभएको हो । लोकतन्त्रमा चुनावको विकल्प नहुने उहाँको भनाइ छ ।

नेतृत्व हस्तान्तरणको विषयलाई लिएर राजनीनिक दल र नेतृत्वको तिब्र आलोचना भइरहेका बेला नेता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यवहाक सभापति तोक्न देउवालाई व्यक्तिगत रुपमा आग्रह गरेको जानकारी दिनुभयो ।

भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनपछि राजनीतिक दलहरुमा नेतृत्व हस्तान्तरणको विषय थप पेचिलो बन्दै गएको छ ।   


प्रतिक्रिया