स्कटल्याण्डका जर्ज मुन्सेले विरानगरबाट एनपीएल खेल्ने

आश्विन २५, २०८२ | काठमाडौं

आगामी मंसिरमा हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटका लागि फ्रेन्चाइज टोली विराटनगर किङ्गले स्कटल्याण्डका खेलाडीलाई भित्र्याएको छ ।

 विराटनगरले आज जर्ज मुन्सेलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो । ३२ वर्षीय बाँयाहाते ब्याटर मुन्सेले स्कटल्यान्डबाट ८१ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३१ रनको औषतमा २ हजार ३ सय २ रन बनाएका छन् । 

जसमा २ शतक र १३ वटा अर्धशतक समावेश छन् । यसअघि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका त्रिस लेयनलाई विदेशी खेलाडीको रुपमा भित्र्याएको थियो । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग आगामी मंसिर १ देखि २७ गते सम्म हुनेछ ।  


प्रतिक्रिया