सुडानमा भएको ड्रोन आक्रमणमा ६० जनाको मृत्यु

आश्विन २५, २०८२ | काठमाडौं

सुडानमा भएको ड्रोन आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । ¥यापिड सपोर्ट फोर्स नामक अर्धसैनिक समूहले अल–फासिर सहरमा गरेको आक्रमणमा सो हताहति हो ।

स्थानीय अधिकारीहरुका अनुसार आक्रमण भएको सो सहर अर्धसैनिक समूहको कब्जामा छ । कब्जामा रहेको सो सहरमा भोकमरी र विभिन्न रोगको संक्रमण फैलिएको स्थानीय अधिकारीहरुलाई जनाउँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

आक्रमणका कारण पछिल्लो समय विस्थापित भएकाहरु बस्दै आएको शिविर, मस्जिद, अस्पताल र स्वास्थ्य केन्द्रहरु समेत प्रभावित भएको बताइएको छ । सो क्षेत्रमा भएको आक्रमणपछि धेरै मानिसहरुको शव भग्नावशेषमा फसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आक्रमणका घटना बढेसँगै स्थानीयले घर र बस्तीभित्र खाल्डो खनेर लुक्न थालेका छन् । सो क्षेत्रमा प्रत्येक दिन झण्डै ३० जना हिंसा, भोक र रोगका कारण ज्यान गुमाउन बाध्य रहेको समाचारमा उल्लेख छ ।  


प्रतिक्रिया