मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मंसिर १७, २०८२ | काठमाडौं
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ । आज साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो ।
दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई पर्सि शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको पत्रमा उल्लेख गरिएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।











