पाल्पामा ५८ थान भेप बरामद
पुस ३, २०८२ | पाल्पा
पाल्पाको तानसेनबाट ५८ थान इलेक्ट्रिक चुरोट भेपसहित दुई जना व्यापारीलाई पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तानसेन नगरपालिका–४, सिल्खानटोलस्थित ३१ वर्षीय राजा सोनी र ५२ वर्षीय अलिम मियालाई नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
दुबै जनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले लागु औषधसहित पोखराका ३० वर्षीय जयदेव विक र २७ वर्षीय अजित परियारलाई नियन्त्रणमा लिएको हो ।








