ओली–देउवा बिच भेटवार्ता

रेडियो कान्तिपुर संवाददाता

पुस ७, २०८२ | काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । ११ औँ महाधिवेशनबाट तेश्रो पटक एमाले अध्यक्ष बनेका ओली महासचिव शंकर पोखरेललाई समेत साथै लिएर देउवा निवास पुग्नुभएको हो ।

 भेटमा कांग्रेस नेता आरजु देउवा राणा पनि सहभागी हुनु भएको थियो । निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेस–एमालेले संसद पुनस्र्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुका साथै हस्ताक्षर संकलन समेत अगाडी बढाइरहेका बेला ओली–देउवाबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । 


प्रतिक्रिया