इंग्लिस प्रिमियर लिगमा फुलहम र नटिङ्घम फरेस्टबीच प्रतिस्पर्धा हुँदै

पुस ७, २०८२ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति फुलहमले नटिङ्हम फरेस्टसँग प्रतिस्पर्धा गर्नेछ । लण्डनस्थित क्रेभेन कटेजमा हुने खेल नेपाली समयानुसार राति पौने २ बजे हुनेछ । आज यी दुई क्लब रेलिगेसन जोनबाट बच्ने अवसरको खोजीमा हुनेछन् । 

१६ खेलमा १८ अंक मात्रै बनाएको फरेस्ट अंक तालिकाको १७ औं स्थानमा छ । यता समान खेलमा २० अंक जोडेको फुलहम १५औं स्थानमा कायम छ । फुलहमले पछिल्ला पाँचमध्ये दुई खेलमा जित निकालेको छ भने तीन खेलमा हार ब्यहोरेको छ । फरेस्टले भने तीन खेल जितेको छ।

 फुलहम र फरेस्टबीच भएका पछिल्ला पाँच खेलमा भने चार खेल फुलहामको पक्षमा रहेको छ। जारी लिगमा आर्सनल ३९ अंकसहित शीर्ष स्थानमा छ । ३७ अंक जोडेको म्यानचेस्टर सिटि दोस्रो र एस्टन भिल्ला ३६ अंकसहित तेस्रो स्थानमा छ । यसअघि एस्टन भिल्लाले गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गरेको थियो । 


प्रतिक्रिया