पूर्वमन्त्री गुप्ताको विशेष अदालतमा बयान सुरु
पुस १६, २०८२ | काठमाडौं
पोखराको लिचीबारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा पूवमन्त्री गुप्तासँग बयान भइरहेको छ ।
गुप्तासँग बयान सकिए लगतै आजै थुनछेक बहस हुनेछ ।
कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै तत्कालीन मन्त्री गुप्ताले घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।











