आज पनि घट्यो सुनचाँदीको भाउ
पुस १६, २०८२ | काठमाडौं
सुनको भाउ आज पनि घटेको छ ।
हिजो एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको सुनको भाउ आज भने हजार १ सय १ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६१ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको भाउ समेत प्रतितोला १ सय २० रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य तोलाको ४ हजार ५ सय ७० रुपैयाँ तोकिएको छ ।











