एकीकरणको प्रक्रिया अपहरणको शैलीमा घोषणा भइरहेको छ : संयोजक दाहाल

रेडियो कान्तिपुर संवाददाता

पुस १८, २०८२ | संखुवासभा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पछिल्लो समय भइरहेको पार्टी एकीकरणको प्रक्रिया अपहरणको शैलीमा घोषणा भइरहेको आरोप लगाउनुभएको छ । 

 संखुवासभाको खाँदबारीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले ठूलो शक्ति देखाउन नयाँ खुलेका दलका नेताहरुले पुराना नेताहरुलाई धाकधम्की दिएर एकीकरणको घोषणा गरिएको आरोप लगाउनुभयो । 

उहाँले दाहालले देश अदृष्य शक्तिबाट सञ्चालित भइरहेको समेत दाबी गर्नुभयो । अन्य दलहरू अझै नसच्चिएको अवस्थामा नेपाली कम्युनिष्ट पार्टी भने आत्मसमीक्षा गरेर सच्चिएको दाहालको भनाइ थियो। यस्तै, कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमजोरी स्वीकार गर्दै जनताको मनोभावनाअनुसार सुधार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया