राष्ट्रिय सभा निर्वाचन : उमेदवारको नामावली प्रकाशन गरिदै

पुस २६, २०८२ | काठमाडौं

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन गर्दै छ ।

हिजो र आज मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आज नामावली प्रकाशन गर्न लागेको हो ।

कार्यतालिका अनुसार भोलि उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

राष्ट्रियसभामा रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन गर्न लागेको हो ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । 


प्रतिक्रिया