सिरहामा म्यादी प्रहरीका लागि एकैदिन झन्डै ५ सय जनाले दिए आवेदन
पुस २६, २०८२ | सिरहा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा आवेदन खुलेकै दिन झन्दै ५ सय जनाले म्यादी प्रहरीका लागि फारम भरेका का छन् ।
सिरहास्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर म्यादी प्रहरीमा भर्ना हुन चाहने ४ सय ८१ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आवेदनमा चार सय ९ जना पुरुष र ७२ जना महिला दिएका हुन् ।
सिरहामा निर्वाचनका लागि कुल ३ हजार ३ सय ७२ जना म्यादी प्रहरी माग भएको छ ।
इच्छुक १८ वर्ष देखि ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म फारम भर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।











