पुर्वी नवलपरासीमा लागूऔषध सहित २ जना पक्राउ
पुस २६, २०८२ | परासी
पुर्वी नवलपरासीको कावसोती नगरपालिका १६ बाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासी बर्दघाटका २५ वर्षीय रामु नाउ र सुनवल बस्ने १९ वर्षीया राज कुमारी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिनुभयो ।
पुर्व पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा बुटवल बाट नारायणगढ तर्फ आउदै गरेको यात्रु बहाक बसमा लागु औसध सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथ बाट डाइजेपाम, बुप्रेनोर्फिन इन्जेक्सन सहित २ हजार ७ सय ७० एम्पुल लागू औसध बरामद भएको प्रहरीले जनाएको छ ।










