सल्यानमा आगलागी,करिब ९ लाखको क्षति
माघ २, २०८२ | सल्यान
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका ६ सुनौली बजारमा एक स्थानीयको किराना तथा खाद्य पसलमा आजलागी हुंदा स्थानीय किराना तथा खाद्य पसल जलेर नष्ट भएको छ ।
स्थानीय ४३ वर्षिय धनबहादुर सिंहको किराना तथा खाद्य पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछि सिलिन्डर बिष्फोट हुदा पसल अगाडी राखेको टीकाबहादुर सिंहको अटो र हाते टेक्टर समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरिक्षक प्रेम केसिले बताउनुभयो ।
देबस्थलबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा ४५ मिनेट पछि आगो नियन्त्रणमा आएपनि पसलमा भएका सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ । आगलागीका कारण करिब ९ लाख बराबरको क्षति भएको जनाइएको छ ।










