कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात सुरु

रेडियो कान्तिपुर संवाददाता

माघ १०, २०८२ | काठमाडौं

पश्चिमी वायुको प्रभावका कारण मुलुकका अधिकांश स्थानमा मौसममा बदली भएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । उपत्यकामा प्रदूषणका कारण समेत हुस्सु लामो समयसम्म कायम रहने बताइएको छ । 

यस्तै, तराईका जिल्लाहरूमा समेत बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको हाम्रा सहकर्मीले जनाएका छन् । मौसमविद्हरुका अनुसार आगामी केही दिनसम्म देशभर जाडो बढ्ने क्रम जारी रहनेछ । 

यसैबिच पश्चिमी क्षेत्रमा समेत वर्षा सुरु भएको छ । सुदूरपश्चिमका केही स्थानमा आज बिहानेदेखि मेघगर्जनसहितको वर्षा सुरु भएको हो । वर्षा हुने क्रम आज रातीसम्मै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा भने हिमपात सुरु भएको छ । कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा हिमपात भएको हो । हुम्लाको सिमकोट, जुल्लाको चन्दननाथ, मुगुको पर्यटकीय स्थल राराताल र डोल्पाको शेफोकशुण्डो लगायतका क्षेत्रमा हिमपात भएको छ ।

वर्षा र हिमपातका कारण पर्यटन, स्वास्थ्य, हवाई तथा सडक यातायात प्रभावित हुने भन्दै मौसम विभागले मौसमी सूचनाको जानकारी लिन आग्रह समेत गरेको छ । 

यस्तै कर्णाली र सुदूरपश्चिम क्षेत्रमा हिमाली तथा पहाडी क्षेत्रमा हिमपात हुँदा कृषकहरु उत्साहीत भएका छन् । कोदो, चिनु, फापरलगायत हिउँदे बाली सप्रिने आशामा किसानहरू हर्षित भएका हुन् ।

गएको चार महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने विश्वासमा रहेको हाम्रा 


प्रतिक्रिया