बालेन्द्र शाहको चुनावी अभियान तीव्र

रेडियो कान्तिपुर संवाददाता

माघ १०, २०८२ | काठमाडौं

चुनावी अभियानमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाहले पूर्वका झापासहित पहाडी जिल्लाको भ्रमणलाई तीव्रता दिनुभएको छ । 

गत मंगलबार झापा पुगेर उम्मेदवारी दर्ता गराउनुभएका शाहले अन्य पूर्वी पहाडी जिल्लाको भ्रमण गर्नुभएको हो । 

सो क्रममा आजसंखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका–मुढे बजार पुग्नु भएका शाहले सही नेतृत्व र इमानदार राजनीतिको माध्यमबाट मात्रै जिल्लाको पर्यटन, रोजगारी र समग्र विकास सम्भव हुने बताउनुभयो । त्यस्तै नेता शाह धनकुटा हुदै विराटगर पुग्नुभएको छ ।


प्रतिक्रिया