चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओली झापामा
माघ २३, २०८२ | काठमाडौं
पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुग्नुभएको छ । उहाँ निकट स्रोतका अनुसार ओली माघ ३० गतेसम्म झापामा रहने कार्यक्रम रहेको छ। झापामा रहुन्जेल ओली झापा क्षेत्र नम्बर ५ केन्द्रित विभिन्न निर्वाचन गतिविधिमा सहभागी हुने कार्यक्रम रहेको छ ।
सो क्रममा उहाँले पार्टीका नेता, कार्यकर्ता र स्थानीय मतदाताहरुसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम तय भएको छ । स्थानीय तहमा पार्टीको अवस्था, जनताको धारणा तथा संगठनात्मक मजबुतीका विषयमा प्रत्यक्ष जानकारी लिने उद्देश्यसहित ओली झापा पुग्नुभएको एमाले नेताहरूले बताएका छन्।








