भारतले निर्वाचनका लागि दिएका ४८२ गाडी नेपाल भित्रिए

माघ २५, २०८२ | पर्सा

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भारतले नेपाल सरकारलाई दिएको ४ सय ८२ गाडी पर्साको वीरगन्ज नाका हुदै भित्रिएका छन् ।

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीका अनुसार, पछिल्लो पटक आज २० वटा गरी भित्रिएको छ । वीरगन्ज नाकाबाट कूल ५ सय ३८ सवारीसाधन भारतले नेपाललाई दिन लागेकोमा अब ५६ वटा सवारीसाधन आउन बाँकी छ ।

भारतले नेपाललाई महिन्द्रा कम्पनीको स्कारपियो पिकअप र कार गरी दुई किसिमका सवारी दिएको छ । वीरगञ्ज आइपुगेका सवारी साधन काठमाडौं पठाउन शुरु भइसकेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया