सर्लाहीमा रास्वपाको अग्रता, अमरेश भन्दा गगन पछाडि

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २२, २०८२ | काठमाडौं

सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपाले नै अग्रता कायम राखेको छ । सर्लाही क्षेत्र नम्बर १ मा रास्वपार्की नितिमा भण्डारीले ९ हजार ७ सय ८७ मत सहित अग्रता कायम राख्नु भएको छ । दोश्रो स्थानमा रहेको एमालको भने २ हजार २ सय ६८ मत रहेको छ । 

सर्लाही क्षेत्र नम्बर २ मा रास्वपाका रबिन महतोले ९ हजार ५ सय ११ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ भने दोश्रो स्थानमा रहेको नेकपाका महिन्द्र राय यादवले २ हजार ८ सय ९५ मत प्राप्त गर्नुभएको छ । 

सर्लाही क्षेत्र नम्बर ३ पनि रास्वपाका नरेन्द्र साह कलवारले ७ हजार ९ सय ४१ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ भने दोश्रो स्थानमा रहेका नेकपाका नारायण काजी श्रेष्ठले १ हजार १ सय ५६ मत प्राप्तगर्नुभएको छ । त्यस्तै, सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका अमरेश कुमार सिंहले ४ हजार ४ सय ९६ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ भने कांग्रेसका गगन थापाले २ हजार ५ सय ३० मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच १ हजार ९ सय बढिको मतान्तर रहेको छ । 


प्रतिक्रिया