सुदुरपश्चिम प्रदेशको यो समाचार तयार पार्दासम्माको नतिजा

फाल्गुन २२, २०८२ | काठमाडौं

सुदुरपश्चिम प्रदेशको डडेल्धुरा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार तारा प्रसाद जोशीले यो समाचार तयार पार्दासम्मा ४ हजार ४ सय ५ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । यस्तै नेपाली काँग्रेसका नैन सिंह महरले २ हजार ७ सय ९० ल्यानुभएको छ । यसैगरी नेपाली कम्युनिष्ट पार्टीका मान सिह मालले २ हजार ५ सय ७६ मत ल्यानुभएको छ । 

बैतडी–१ मा रास्वपाका हरि मोहन भण्डारीले ३ सय ७७ मत ल्याउदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका चतुर बहादुर चन्दले ६ सय ३९ मत ल्याउनु भएको छ । यस्तै नेपाल कम्युनिष्ट पाटीका दामोदर भण्डारी ५ सय २६ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । 

 कञ्चनपुर–१ मा रास्वपाका जनक सिंह धामीले – ५ हजार ८ सय ९१ मत ल्याउदा उहाँका प्रतिस्पधी नेपाल कम्युनिष्ट पार्टीका तारा लामा तामाङले २ हजार ६ सय १८ मत प्रप्त गर्नुभएको छ । भने नेपाली कम्युनिष्ट पार्टीकी बीना मगरले २ हजार ३ सय ४ मतले तेस्रो स्थामा रहनु भएको छ । 

कञ्चनपुर–२ पनि रास्वपाका दिपकराज बोहरा ९ हजार ८ सय ९० मत प्राप्त गर्दै अग्र स्थानमा हुनुहुन्छ । प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण प्रकाश साउद २ हजार ९ सय १५ मत ल्याउदै दोस्रो स्थानमा हुनुहुन्छ । यसैगरी कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महताले ३ हजार ४२५ मत ल्याउदा काँग्रेसका हरि प्रसाद बोहराले १ हजार ४ सय ९५ नेकपाका दीपक प्रकाश भट्टले १ हजार ४ सय ३३ मत प्राप्त गर्नुभएको छ । 

कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवालीले ४ हजार ३१४ मत प्राप्त गर्दा काँग्रेसका जनकराज चौधरीले ३ हजार ६४८ मत ल्याउनु भएको छ । कैलाली–२ मा नेकपाका सुर्य बहादुर थापाले १ हजार २१६ मत ल्याउदा काँग्रेसका विजय बहादुर स्वाँरले १ हजार ६ मत प्राप्त गर्नुभएको छ । र रास्वपाका के पी खनालले ९३३ मत ल्याउनु भएको छ । 

कैलाली–३ मा नेकपाका विरमान चौधरीले १ हजार ८१५ मत ल्याउदा रास्वपाका जगत प्रसाद जोशीले १ हजार ४१० मत प्राप्त गर्नुभएको छ । कैलाली–४ मा भने रास्वपाका खेम राज कोईरालाले ४२९ मत पाउनुभएको छ । कैलाली–५ मा रास्वपाका आनन्द बहादुर चन्दले ६ हजार ९५९ मत पाउदा काँग्रेसका नर नारायण शाहले २ हजार ८ सय २९ मत ल्याउनुभएको छ । एमालेका यज्ञ राज ढुंगाना उपाध्यायले १ हजार ८२१ मत प्राप्त गर्नुभएको छ ।

डोटी–१ मा एमालेका दीपकबहादुर धामी ३ हजार १४५ मत पाउदाँ काँग्रेसका भरतबहादुर खड्काले २ हजार २४६ मत प्राप्त गर्दा रास्वपाका नरेन्द्रबहादुर खड्काले २ हजार ६ मत प्राप्त र्गाुभएको छ । 

यसैगरी अछाम–१ मा नेकपाका भीम बहादुर रावल ९५२ मत प्राप्त गर्दा काँग्रेसका भरत कुमार स्वारले ७३२ मत पाउनुभएको छ । अछाम–२ का एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीले १ हजार १८५ मत पाउँदा काँग्रेसका पुष्प बहादुर शाहले ७८८ र रास्वपाका भुप देव शाहले ६१० मत प्राप्त गर्नुभएको छ ।

बझाङमा एमालेका ऐन बहादुर महरले १ हजार ७७५ मत प्राप्त गर्दा काँग्रेसका प्रकाश रसाइली स्नेहीले १ हजार ६६४ र रास्वपाका शैलेश कुमार सिंह १ हजार ३१३ मत प्राप्त गर्नुभएको छ । र दार्चुलामा भने एमालेका गणेशसिंह ठगुन्नाले २०३ र काँग्रेसका धर्मानन्द जोशीले १३६ मत ल्याउनु भएको छ । बाजुरामा भने मत गणना सुरु भएको छैन् ।


प्रतिक्रिया