दार्चुलाबाट एमालेका गणेशसिंह ठगुन्ना विजयी

फाल्गुन २४, २०८२ | दार्चुला

दार्चुलाबाट एमालेका गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ । ठगुन्नाले १८ हजार ८ सय ९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दार्चुलाबाट विजयी ठगुन्नाले नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीलाई ३ हजार ५५ मतान्तर पराजित गर्नुभएको छ । 

उहाँले १५ हजार ८ सय ३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश सिंह सामन्तले ८ हजार ९ सय ३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार लक्ष्मण दत्त जोशी ३ हजार ६५ मतमा सिमित रहनुभयो । 


प्रतिक्रिया