काठमाडौंको वायु अझै अस्वस्थ
फाल्गुन २७, २०८२ | काठमाडौं
काठमाडौं उपत्यकासहित देशभरको वायुमा केही दिनयता प्रदूषण कायमै छ । वायु प्रदूषण मापन गर्ने सूचकांक एयर क्वालिटी इन्डेक्स एक्यूआईले काठमाडौंको वायु मानव स्वास्थ्यका लागि हानिकारक देखाएको हो ।
आज पनि काठमाडौं विश्वकै प्रदूषित सहरमा परेको छ । वायुको गुणस्तर मापन गर्ने आईक्यू एयरका अनुसार वायुको सो सूचकांकको तह काठमाडौंको वायुमा उच्च छ । आज दिउँसो काठमाडौंको एक्यूआई १ सय ६६ मापन गरिएको छ ।
सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १ सय ५० भन्दा माथिलाई अस्वस्थ मानिन्छ । एक्यूआई १५० देखि २०० हुँदा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन् ।









