संसदीय समितिको सभापति चयन हुँदै

वैशाख ४, २०८३ | काठमाडौं

मिनि संसद् मानिने संसदका १२ वटा समितिले आज नेतृत्व पाउने भएका छन् । सभापति चयनका लागि प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको छुट्टाछुट्टै बैठक दिउँसो १ बजे बोलाइएको छ । सोही बैठकबाट सभापतिको चयन गर्न लागिएको हो ।

समितिका सभापतिकालागि हिजै हिजो मनोनयन दर्ता गरिएको छ । १२ वटा समितिमध्ये दुईवटा समितिमा दोहोरो उमेद्वारी परेको छ । दोहोरो उमेद्वारी परेको समितिमा निर्वाचन हुने संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई÷दुई जनाको उमेद्वारी परेको हो ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मदनकुमारी शाह (गरिमा) को मनोनयन दर्ता भएको छ ।

त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालको उम्मेदवारी परेको हो । सार्वजनिक लेखा समितिमा भने प्रमुख प्रतिपक्षीको हैसियतमा कंग्रेसको नेतृत्व हुने भएको छ ।

लेखा समिति सभापतिमा कंग्रेसका भरत खड्कालाई अघि सारिएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा रास्वपाकी समिक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेलको उम्मेदवारी छ ।

महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको उमेद्वारी छ ।

संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरी बुढाथोकी र उद्योग तथा वाणिज्य र श्रमत तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीले उम्मेदवारी दिनुभएको छ । 


प्रतिक्रिया