वर्षाका कारण स्थगित विराट गोल्डकपको फाइनल आज

वैशाख ६, २०८३ | काठमाडौं

हिजो वर्षाका कारण स्थगित भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । बिराटनगरस्थित सहिद रंगशालामा साँझ सांढे ६ बजे हुने उपाधि भिडन्तमा पूर्वविजेता झापा – ११ एफसी र घरेलु टोली सम्राट स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

घरेलु टोली सम्राटले उपाधी जिते विराट गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । झापाले भने यसअघि उपाधी जितिसकेको छ ।

विराट गोल्डकपको इतिहासमा झापा – ११ दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ । झापाले यसपटक दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको हो ।

सम्राटले क्वाटर फाइनलमा पाहुना टोली भारत झारखण्डको बिर्सा मुन्डा स्पोर्टस एकेडेमीलाई र सेमिफाइनलमा लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै फाइनलमा आइपुगेको हो । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।  


प्रतिक्रिया