बीमितहरुलाई अनावश्यक दुख नदिन स्वास्थ्य बीमा बोर्डको आग्रह

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०८२ | काठमाडौं

स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहका क्रममा अनावश्यक दुख नदिन आग्रह गरेको छ । बीमा कार्यक्रम सञ्चालनमा रहेका विभिन्न अस्पतालमा उपचार सेवाका लागि अग्रिम समय लिनुपर्ने तथा बीमितहरुमाथि भेदभावपूर्ण व्यवहार भएको पाइएको जनाउँदै त्यस्ता गतिविधि नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

सेवाग्राहीलाई अनावश्यक सेवा सुविधा लिन भनिएको तथा आवश्यक औषधि उपलब्धलब्ध नगराएको जस्ता विषयमा सूचनामा आएको जनाउँदै बोर्डले सो बारे गम्भिर बन्न स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेले आज विज्ञप्ती जारी गर्दे सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई प्रचालिन कानून विपरीतका गतिविधि नगर्न आग्रह गर्नुभएको छ ।   


प्रतिक्रिया