पीएम कप : मधेशद्धारा कर्णाली प्रदेश ५ विकेटले पराजित
चैत्र १६, २०८२ | काठमाडौं
अरनिको यादवको अलराउण्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लगातार तेस्रो जित हासिल गर्नेक्रममा आज सम्पन्न खेलमा मधेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्यो ।
पहिलो खेलमा कोशी प्रदेशसँग अंक बाडेको मधेशले त्यसपछिका ३ खेलमा लगातार जित जित हात पारेको छ । कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य मधेशले २४ दशमलब ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा अरनिकोले अविजित ३२ रन जोडे ।
त्यसअघि जनकपुस्थित रामजानकी बहुउदेश्यीय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३१ दशमलब २ ओभरमा १ सय २९ रनमा आउट भएको थियो । कर्णालीका लागि ओपनर रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाए । मधेशका आशिक बैथले ४ विकेट लिए । चौथो खेलमा पनि अपराजित रहेको मधेश ४ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ र्। समान ७ अंक भएको त्रिभुवन आर्मी क्लब रनरेटमा पछि
यसैबिच वीरगञ्जस्थित नारायाण्ी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा सुदूरपश्चितम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४० दशमलब २ ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि सन्तोष यादवले ६७ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । सुदूरपश्चिमका लागि कप्तान शेर मल्ल र खडक बोहोराले समान ३ विकेट लिए । त्यसअघि लुम्बिनीले टस जितेर फिल्ड्रि रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४५ दशमलब ४ ओभरमा अलआउट हुदै १ सय ६८ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि दिपक बोहोराले सर्वाधिक ३० रन जोडे । लुम्बिनीका सन्तोष यादव र अजय चौहानले ४÷४ विकेट लिए । प्रतियोगितामा तेस्रो जित आत पारेको सुदूरपश्चिम ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको लुम्बिनीको ३ अंक छ ।











