सुशासन मार्गचित्र, २०८२ सार्वजनिक
चैत्र १५, २०८२ | काठमाडौं
सरकारले सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सुशासनको मार्गचित्र तयार गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गरेको हो । सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद् बैठकले २०८२ पुस १४ मा सुशासन मार्गचित्र बनाउन समिति गठन गरेको थियो ।
सो समितिले चैत ३ मा प्रतिवेदन बुझाए पनि तत्कालीन सरकारले सार्वजनिक गरेको थिएन । समितिले एक हजार ४९ पृष्ठको प्रतिवेदन तयार पारेको छ । यसअघि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि १ सय वटा कार्यसूचि सार्वजनिक गरेको थियो ।










