श्रम स्वीकृति पुन खुला
वैशाख ८, २०८३ | काठमाडौं
वैदेशिक रोजगार विभागले खाडी मुलुकसहित १२ वटा देशको श्रम स्वीकृति पुन खुला गरिएको जनाएको छ ।
विभागले साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजरायलको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति हिजोदेखि खुल्ला गरेको जनाएको हो ।
त्यसअघि गत फागुन १७ गते बन्द गरिएको थियो ।
इमरजेन्सी रेस्पोन्स टिम (ईआरटी)ले पश्चिम एसियामा अमेरिका–इरानबीच भएको युद्ध सुरु भएपछि रोकिएको नयाँ श्रम स्वीकृति खोल्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हिजो सिफारिस गरेको छ ।
त्यसको आधारमा श्रम मन्त्रीस्तरको निर्णय गरी खुला गरेको हो ।











