पूर्वीसीमा नाका ७२ घण्टाका लागि बन्द

वैशाख ८, २०८३ | काठमाडौं

भारतको पश्चिम बंगाल प्रान्तमा आगामी बिहिबार हुने विधानसभाको चुनावलाई लक्षित गर्दै हिजो साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।

भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले हिजो साँझ ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटंकी नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

भारतको पश्चिम बंगालमा आगामी बिहिबार विधानसभाको चुनाव हुँदैछ ।

विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो ।

‘बोर्डर शिल’ गरिएको अवधिमा अत्यावश्यक कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो । 


प्रतिक्रिया