बीपी राजमार्गमा बस दुर्घटना एकको मृत्यु , पाँच घाइते

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७५ | सिन्धुली

– बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रिठ्ठेभीरमा बस दुर्घटना हँुदा एकजनाको मृत्युु भएको छ । पाँचजना गम्भिर घाइते भएका छन् । सिन्धुलीको मरिणगाँउपालिकाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस विपरित दिशाबाट मोटरसाइकलसँग ठक्कर खादा सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

घाइतेलाई उपचारका लागि धुलीखेल अस्पताल लगिएको छ । बस सडकबाट करिब सातसय मिटर तल खसेको छ । स्थानीय र प्रहरी मिलेर घाइते तथा वेपत्ताको खाजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले जानकारी दिनुभयो ।  

 


प्रतिक्रिया