फाल्गुनन्द गोल्डकपमा आर्मी र रोयल एफसीबीच प्रतिस्पर्धा हुँदै

रेडियो कान्तिपुर संवाददाता

पुस २८, २०७५ | पाँचथर

- पाँचथरमा जारी १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको दोस्रो सेमीफाइनलमा विभागीय नेपाल आर्मी र पाहुना टोली रोयल एफसी दार्जेलिङबीच प्रतिस्पर्धा हुँदैछ । फिदिमस्थित स्थानीय बिद्यालयको खेल मैदानमा दिउँसो ३ बजे सेमिफाईनल भिडन्त सुरु हुनेछ । आजको विजेताले उपाधिका लागि पर्सी झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा सरस्वती युथ क्लबलाई १–० ले हराउँदै झापाले उपाधी यात्रा तय गरेको थियो । ८ टोली सहभागी प्रतियोगीताको उपाधि विजेताले ४ तथा उपविजेताले २ लाख रुपैयाँ हात पार्नेछन् । 


प्रतिक्रिया