प्रिमियर लिगमा चेल्सीविरुद्ध आर्सनलको सानदार

तस्बिर : रोयटर्स 

वैशाख १२, २०८१ | काठमाडौं

आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सीविरुद्ध सानदार जित हात पारेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा आर्सनलले पाहुना टोली चेल्सीलाई ५–० गोल अन्तरले हराएको हो । 

आर्सनलको जितमा बेन ह्वाइट र काई हाभर्ट्जले २–२ तथा लिआन्ड्रो ट्रोसार्डले एक गोल गरे । खेलको चौंथो मिनेटमा ट्रोसार्डले गरेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । 

चेल्सीलाई दबाबमा राखेको आर्सनलले दोस्रो हाफमा चार गोल गर्‍यो । बेन ह्वाइटले खेलको ५२ औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । हाभर्ट्जले ५७ र ६५ औं मिनेटमा व्यक्तिगत दुई गोल गर्दै घरेलु टोलीलाई ४–० ओ अग्रता दिलाए । 

खेलको ७० औं मिनेटमा ह्वाइटले अर्को गोल थप्दै आर्सनललाई सानदार जित दिलाए । यो नतिजापछि आर्सनलले लिभरपुलमाथि तीन र म्यानचेस्टर सिटीमाथि चार अंकको अग्रता लिएको छ । 

लिगको शीर्ष स्थानमा रहेको आर्सनलको ३४ खेलबाट ७७ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ३३ खेलबाट ७४ र तेस्रो स्थानको सिटीको ७३ अंक छ । पराजित चेल्सी ३२ खेलबाट ४७ अंक सहित तालिकाको नवौं स्थानमा छ । 


प्रतिक्रिया