एनसेलको सेयर बिक्रीलाई स्वीकृति दिन दूरसञ्चारको अस्वीकार

वैशाख १३, २०८१ | काठमाडौं

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया कानुनसम्मत नभएको भन्दै स्वीकृति दिन अस्वीकार गरेको छ ।

कारोबार भएको ६ महिनापछि प्राधिकरणले एनसेललाई पत्र पठाउँदै यथास्थितिमा खरिद–बिक्रीलाई स्वीकृति दिन नमिल्ने जनाएको हो । गत मंसिर १५ मा एनसेलको ८० प्रतिशत सेयर मलेसियाको आजिएटा कम्पनीले बेलायतको कम्पनीलाई ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गरेको थियो ।

सन् २०१६ मा १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको सेयर स्वामित्व आजिएटाले सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेलाई विभिन्न सर्त राखेर बिक्री गरेको प्राधीकरणको भनाइ छ ।

दूरसञ्चार ऐन र नियमावली एवं अनुमतिपत्रको सर्तमा नै सेयर खरिद–बिक्रीबारे प्राधिकरणलाई जानकारी दिएर पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेकाले सेयर स्वामित्व बिक्रीमा नियामकले यथास्थितिमा स्वीकृति दिन नसकिने प्राधीकरणका सहप्रवक्ता प्रदीप पौड्यालले बताउनुभयो । 


प्रतिक्रिया