कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत

वैशाख १३, २०८१ | काठमाडौं

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले नेकपा एमालेका १० र माओवादी केन्द्रका १३ सासंदको समर्थन पाउनुभएको हो ।

४० सदस्यीय प्रदेशसभामा भएको मतदानमा ३५ जना मात्र सहभागी भएका थिए ।

राप्रपाका एक सांसद तटस्थ रहे । १२ सांसद रहेको नेपाली काँग्रेसले भने विपक्षमा मतदान गरेको थियो । 


प्रतिक्रिया