मलेसियाद्वारा नेपाल सामु ६२ रनको लक्ष्य 

रेडियो कान्तिपुर संवाददाता

पुस २९, २०७५ | काठमाडौं

थाईल्याण्डमा जारी स्मास महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगीताको दोस्रो खेलमा मलेसियाले नेपाल सामु ६२ रनको चुनौती प्रस्तुत गरेको छ । बैंककस्थित ट्रायथाई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको मलेसिया १९ दशमलब ३ ओभरमा ६१ रनमा समेटियो ।

नेपालको कसिलो बलिङ सामु कमजोर देखिएको मलेसियाका लागि सियोजिन ईले १२ र युस्रीना याकोपले ११ रन बनाए । उसका अन्य ब्याट्सवुमन्सले दोहोरो स्कोरको अंक छुन सकेनन् । सरिता मगरले ४ तथा नेरी थापा, कबिता कुँवर र ईन्दु बर्माले एक एक विकेट लिए । मलेसीयाकी तीन ब्याट्सबुमन्स रन आउट भए । 

६२ रनको लक्ष्यसहित नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ । 

पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपाल, जितको श्रृखला जारी राख्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउने योजनामा छ । मलेसियापनि नेपालबिरुद्ध जित निकाल्दै पहिलो खेलमै जित निकाल्न चाहान्छ ।  

१० टोली सहभागी प्रतियोगीताको समुह एमा रहेको नेपालले भोली युएई र समुहचरणको अन्तिम खेलमा बुधबार आयोजक थाईल्याण्डको ए टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समुहको शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।  

 


प्रतिक्रिया