इटहरी गोल्डकपको उपाधि आर्मीले उचाल्यो

माघ १९, २०७५ | इटहरी

सुनसरीमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि विभागीय त्रिभुवन आर्मीले उचालेको छ । इटहरी रंगशालामा आज भएको फाइनलमा सिग्नेचर मनाङ मस्र्याङदीलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि सहित १६ लाख रुपैयाँ हात पारेको हो ।

उपविजेता बनेको मनाङले ८ लाख रुपैयाँमा चित्त बुझायो । आर्मीका टें जितमा क बस्नेत र भरत खवासले गोल गरे । आर्मीका टंक बस्नेत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै २५ हजार र एउटा एलईडी टिभी प्राप्त गरे ।

अन्य विधागततर्फ आर्मीका सन्तोष तामाङ वेष्ट मिडफिल्ड, भरत खवास वेष्ट फरवार्ड, विकेश कुथु उत्कृष्ट गोलरक्षक, चुम बहादुर थापा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

मनाङका सुरज विके वेष्ट डिफेन्डर बने । उनीहरु सबैले जनही २० हजार रुपैयाँ हात पारे । यस्तै प्रतियोगितामा आर्मीका भरत खवास सर्वाधिक गोलकर्ता हुँदै २५ हजार रुपैयाँ प्राप्त गरे । 


प्रतिक्रिया