बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा
वैशाख २६, २०८१ | काठमाडौं
पेरिस सेन्ट जर्मेन (पीएसपी) लाई पराजित गर्दै बोरुसिया डर्टमन्ड युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पार्क डेस प्रिन्सेस स्टेडियममा आज बिहान भएको सेमिफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमन्डले घरेलु टोली पीएसजीलाई १–० गोलले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो ।
डर्टमन्ड सन् २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । खेलको ५० औं मिनेटमा म्याट्स हमल्सले गरेको गोल डर्टमन्डको जितमा निर्णायक बन्यो । यो नतिजासँगै डर्टमन्डले समग्रमा २–० को अग्रता बनाएको हो ।
यसअघि सेमिफाइनलको पहिलो लेगमा डर्टमन्डले १–० को अग्रता लिएको थियो । पीएसजीले खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन् ।
सन् १९९७ को फाइनलमा युभेन्टसलाई ३–१ गोलले हराएपछि डर्टमण्ड इतिहासमा दोस्रो पटक युरोपियन च्याम्पियन बन्ने लक्ष्यमा छ । च्याम्पियन्स लिगको फाइनल भने आगामी जुन १ मा वेम्बली स्टेडियममा हुनेछ ।