साढे ३५ लाख रुपैयाँ सहित दुई पक्राउ 

फाल्गुन २२, २०७५ | नेपालगञ्ज

बाँके प्रहरीले ३५ लाख ४२ हजार रुपैयाँ सहित दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार पक्राउ पर्नेमा भारत बहराईच रुपैडिहाका ३० वर्षीय रविश पाठक र १२ वर्षीय नितेश तिवारीलाई पक्राउ गरिएको हो ।

उनीहरु शरीरमा सो परिमाण बराबरको रकम लुकाएर ल्याएको अवस्थामा नेपालगञ्जको पसाङल्हामु मार्ग नजिकै पक्राउ गरिएको छ । उक्त रकम भारतबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ पर्नेहरुले साहुहको पैसा भएको दाबी गरेका छन् ।

प्रहरीका अनुसार भारतीय रुपैयाँ साटेर नेपाली बनाएर ल्याउन खोजिएको हो । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया