बंगलादेशमा माछा मार्न अस्थायी प्रतिबन्ध

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

- बंगलादेशले माछाको भण्डारण बढाउन भन्दै माछा मार्न अस्थायी प्रतिबन्ध लगाएको छ । घट्दै गएको माछाको संख्या बढाउन भन्दै बंगलादेश सरकारले तटीय क्षेत्रमा आगामी ६५ दिनसम्म माछा मार्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मुख्य प्रजनन मौसम भएकाले आजदेखि जुलाई २३ सम्मका लागि माछा मार्न प्रतिबन्ध लगाइएको त्यहा“को सरकारलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । आफ्नो आयआर्जनको बाटो नै बन्द गरेको भन्दै सरकारको सो निर्णयविरुद्ध माझीहरुले भने प्रदर्शनको तयारी गरेका छन् ।

विगतमा बंगलादेशमा व्यवसायीक रुपमा माछा मार्न प्रतिबन्ध लगाउने गरिएपनि स–साना माझीहरुमाथि समेत प्रतिबन्ध लगाइएको भने पहिलो पटक हो । 


प्रतिक्रिया