अन्तर नगरपालिकास्तरिय महिला कप फुटबल प्रतियोगिता जेठ अन्तिम सातामा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ९, २०७६

- अन्तर नगरपालिकास्तरिय महिला कप फुटबल प्रतियोगिता जेठ अन्तिम साता हुने भएको छ । आगामी जेठ ३१ देखि १४ गतेसम्म प्रतियोगिता गरिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । महिला फुटबलको विकासका लागि नगरस्तरीय प्रतियोगिता उपयोगी हुने एन्फा प्रवक्ता किरण राईले बताए ।

लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा देशभरका १५ देखि १६ नगरापालिकाको टोली सहभागी हुनेछन् । प्रतियोगितामा विभागीय टोलीलाई सहभागी गराईने छैन । सबै खेलहरु हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । 


प्रतिक्रिया