शे-फोक्सुण्डो तालको गहिराई नाप्ने तयारी

जेष्ठ १०, २०७६ | डोल्पा

- डोल्पास्थित शे फोक्सुण्डो तालको गहिराई तथा तालको भौगोलिक बनावटको अवस्था जाँच गर्न जल तथा मौसम विज्ञान विभागको टोली त्यसतर्फ गएको छ । शे–फोक्सुण्डो गाउँपालिका –८ रिग्ममा पर्ने नेपालकै गहिरो फोक्सुण्डो तालको गहिराई र तालको भौगोलिक बनावटको अवस्था नापजांच गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय तथा जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा परामर्शदाता सहित विज्ञ टोली आज त्यसतर्फ गएको हो ।

तालको आकार प्रकार र गहिराई नाप्न सरकारको सम्बन्धित विभाग सहितको विज्ञ टोलीले नाप जांचको बेला सरोकारवालाहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता र निगरानी आवश्यक रहेको बताएको छ । 


प्रतिक्रिया