नेपाल र अफगानिस्तानबिचको मैत्रीपुर्ण भलिबल खेल आज 

रेडियो कान्तिपुर संवाददाता

श्रावण २९, २०७६ | काठमाडौं

नेपाल र अफगानिस्तानबिचको पहिलो मैत्रीपुर्ण भलिबल आज हुदैछ । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा अपरान्ह ३ बजेपछि नेपाल र अफगानिस्तानबिचको मैत्रीपुर्ण खेल सुरु हुनेछ । आसन्न एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि दुबै मुलुकले २ वटा मैत्रीपुर्ण खेल खेल्न लागेका हुन् । दोस्रो खेल भोली हुनेछ ।

गत बर्ष ईण्डोनेसियामा भएको एसियन गेम्समा खेलेपछि भलिबल टोलीले १ बर्षपछि अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि भारतसंग मैत्रीपुर्ण खेल खेल्ने तयारी भएपनि अन्तिम समयमा स्थगीत भएको थियो । 

एभीसी भलिबल प्रतियोगिता भने भदौ २ देखी ७ सम्म हुनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानसंगै माल्दिभ्स, बंगलादेश, किर्गीस्तान र तुर्केमिनिस्तान गरी ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । 

 


प्रतिक्रिया