नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपुर्ण खेल आज 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३०, २०७६ | काठमाडौं

- नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपुर्ण भलिबल खेल आज हुँदैछ । ललितपुरको लगनखेलस्थित आर्मी कर्भडहलमा दिउँसो ३ बजेपछि हुने खेलमा नेपाल सुधारिएको खेलसँगै दोस्रो खेलमा जित हात पार्ने योजनासहित कोर्ट उत्रनेछ । अफगानिस्तानपनि पहिलो खेलमा हिजो भोगेको ३–२ को संर्घषपूर्ण हारको बदला दोस्रो खेलबाट लिने योजनामा रहेको छ । यसअघि हिजो भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले ३–२ को साँघुरो जित हात पारेको थियो । 

नेपालमै भदौ २ गतेबाट सुरु हुने एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीमा रहेका दुई टोलीबीच प्रतियोगिता अघि २ खेलको मैत्रीपुर्ण खेल भएको हो । नेपाल र अफगानिस्तान सहित ७ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता खेल्न माल्दिभ्स र बंगलादेशको टोली भोलि काठमाण्डौ आइपुग्नेछन् । किर्गीस्तान र तुर्केमिनिस्तानको टोली शनिवार र उज्वेकिस्तानको टोली आइतबार काठमाण्डौ आइपुग्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । 

 


प्रतिक्रिया