सरकारको कसैसँग दुस्मनी छैन : मन्त्री भट्टराई

भाद्र ७, २०७६ | पाँचथर

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले राजनीतिक आस्थाका कारण कुनैपनि शक्तिसँग दुस्मनी नरहेको बताउनुभएको छ । पाँचथरको सदरमुकाम फिदिममा आयोजित तेस्रो जिल्लासभाको उद्घाटन गर्दै मन्त्री भट्टराईले सरकारको कुनै पनि शक्तिसँग दुस्मनी नरहेको बताउनु भएको हो ।

संविधानतः कुनैपनि शक्तिलाई राजनीतिक गतिविधि गर्न र संघ–संगठन खोल्न बन्देज नगरेकाले सरकार संविधान विपरीत जान नसक्ने उहाँले बताउनुभयो । प्रतिबन्धित नेक्र वित्रम चन्द समूहमाथि इगिंत गर्दै उहाँले कुनैपनि शक्तिलाई शान्ति सुरक्षा खलल पार्ने छुट नभएको बताउनुभयो ।

चन्दा आतंक, हत्याहिंसा र विष्फोटन जस्ता गतिविधि त्यागेर आएमा सरकारले असन्तुष्ट जुनसुकै पक्षसँग वार्ताको लागि वातावरण बनाउने उहाँको भनार्ई थियो । सरकार संविधानतः समावेसी सिद्धान्तका आधारमा अगाडी बढ्न खोजिरहेकाले प्रतिपक्षी सबै दलहरुसँग हातेमाले गर्न तत्पर रहेको मन्त्री भट्टराईले बताउनुभयो ।

फरक प्रसंगमा संघ, प्रदेश र स्थानीय सरकारले प्रशस्तै अनुभव हासिल गरेको भन्दै बाँकी समय काममा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पाँचथर सहित पूर्वी नेपालको विकास र पर्यटनसँग सरोकार राख्ने तमोर जलाशयुक्त आयोजना, तमोर करिडोर र उत्तर दक्षिण लोकमार्ग जस्ता गौरवका आयोजना सञ्चालनमा रहेकाले ती आयोजना सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । 


प्रतिक्रिया