पुरुष भलिबलको उपाधि किर्गीस्तानले उचाल्यो

रेडियो कान्तिपुर संवाददाता

भाद्र ७, २०७६ | ललितपुर

एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको पाँचौ संस्करणको उपाधि किर्गीस्तानले उचालेको छ । ललितपुरको लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा आज सम्पन प्रतियोगितामा किर्गीस्तानले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

किर्गीस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २५–१९ ले पाखा लगाउँदै दोस्रो पटक उपाधि हात पारेको हो । किर्गीस्तानले तेस्रो संस्करणको उपाधि पनि हात पारेको थियो । किर्गीस्तानका ओनोलबेक कानेबेक उलु प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

उपाधिसहित किर्गीस्तानले स्वर्ण, उज्वेकिस्तानले रजत र तुर्केमेनिस्ताले कास्य पदक पाए । ७ राष्ट्र सहभागी च्याम्पियनसिपमा माल्दिभ्स चौथो र आयोजक नेपाल पाँचौं भएका छन् । 


प्रतिक्रिया