नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित

आश्विन २३, २०७६ | अष्ट्रेलिया

सन् २०२२ मा हुने फिफा विश्वकपका लागि एसियाली छनोटको आफ्नो तेस्रो खेलमा नेपाल बलियो प्रतिद्वन्दी अष्ट्रेलियासँग ५–० ले पराजित भएको छ । पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल पस्किएको नेपालले थप २ गोल खाएको थियो ।

घरेलु मैदानमा भएको खेलमा अष्ट्रेलियाले नेपाललाई अधिकांश समय दबाबमा राखेको थियो । अष्ट्रेलियाको जितमा जेमी म्याकलरेनले ह्याट्रिक गरे भने थप गोल ह्यारी साउटरको नाममा रह्यो ।

नेपालका क्याप्टेन समेत रहेका गोलकिपर किरण चेम्जोङले अष्ट्रेलियाका झण्डै एक दर्जन प्रहार बिफल पारेका थिए ।  नेपालले ४१ औं मिनेटमा मात्र बललाई गोलकिपरसम्म पुर्‍याएको थियो । नेपालका सबै खेलाडी डिफेन्समै व्यस्त देखिए ।

शारीरिक, कौशल लगायत सबै हिसाबले अस्ट्रेलिया बलियो देखियो । नेपाल पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाईनिज ताईपेईलाई २–० ले हराएको थियो ।

आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गरेको अष्ट्रेलिया आजको जितसँगै ६ अंकमा समुहको शीर्ष स्थानमा छ । समुह चरणको अर्को खेमला नेपालले आगामी मंगलबार जोडर्नसँग उसैको मैदानमा खेल्नेछ । 


प्रतिक्रिया